Logo

स्वास्थ्य

सीसीएमसीले बोलायो स्वास्थ्यका ७ उच्च अधिकारी



काठमाडौं । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले स्वास्थ्य मन्त्रालयका ७ जना उच्च अधिकारी मागेको छ । सोमबार स्वास्थ्य  तथा जनसंख्या मन्त्रालयलाई परिपत्र गर्दै ५ जना पूर्णकालीन काम गर्ने र २ जना पूर्णकालीन नभनी ७ कर्मचारी माग गरेको हो । 

सीसीएमसीमा पूर्णकालीन काम गर्ने गरी स्वास्थ्य आपत्कालीन कार्यसञ्चालन केन्द्रका प्रमुख, कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पताल (वीर अस्पताल) प्रमुख, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडीसीडी)प्रमुख, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला प्रतिनिधि र खरिद इकाईका प्रतिनिधिलाई पद तोकेर नै सीसीएमसीले स्वास्थ्य मन्त्रालयका उच्च अधिकारी माग गरेको हो ।

डा. जागेश्वर गौतमसहित स्वास्थ्य आपत्कालीन कार्यसञ्चालन केन्द्रका प्रमुखमा स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारी, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडी) प्रमुख तथा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेललाई पूर्णकालीन रूपमा काम गर्ने गरी सीसीएमसीले बोलाएको हो । यस्तै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका प्रतिनिधि र खरिद एकाईका प्रतिनिधिलाई पनि पूर्णकालीन रूपमा काम गर्न गर्ने गरी सीसीएमसीले बोलाएको छ । 

पूर्णकालीन नभनी राष्ट्रिय स्वास्थ्य शिक्षा तथा सूचना केन्द्र प्रमुख, एचएमआईएस प्रमुखलाई पनि सीसीएमसीले बोलाएको छ ।

प्रकाशित मिति : १७ जेष्ठ २०७८, सोमबार १८:५८   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।