Logo

स्वास्थ्य

मंगलबार चीनबाट १० लाख खोप आउने, कसले पाउनेछन् प्राथमिकता ?



चीनले नेपाललाई अनुदानस्वरुप दिने घोषणा गरेको १० लाख डोज खोप मंगलबार नेपाल आइपुग्ने भएको छ । चीनले अनुदानमा दिने भरोसेल खोप लिन नेपाल एयरलाइन्सको विमान सोमबार साँझ बेइजिङ प्रस्थान गरेको छ । विमानले मंगलबार खोप नेपाल ल्याइ पुर्‍याउने छ ।

उक्त खोप ६० देखि ६५ वर्ष उमेर समूहका व्यक्तिलाई दिइने प्राथमिकताका साथ दिइने बताइएको छ ।

स्वास्थ्य सेवा विभागले चीनबाट आउने खोप ६० देखि ६५ वर्ष उमेर समूहलाई दिने जनाएको छ । विभागले मंगलबार दुई लाख डोज खोप मात्रै आउने भएकाले पाँच लाख डोज पुगेपछि खोप अभियान सुरु गर्ने जनाएको छ ।

सरकारको तथ्यांक अनुसार ६० देखि ६५ बर्षका अझै करिब सात लाख नागरिक खोप लगाउन बाँकी छन् । उक्त उमेर समूहलाई दुवै डोज खोप दिनका लागि १४ लाख आवश्यक पर्छ।

यसभन्दा अगाडी चीन सरकारले ८ लाख डोज भेरोसेल उपलब्ध गराइसकेको छ ।

प्रकाशित मिति : १७ जेष्ठ २०७८, सोमबार २१:०७   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।