Logo

स्वास्थ्य

बाँकेमा एक कोरोना संकमितको मृत्यु



बाँकेमा एक जना कोरोना भाइरस संक्रमित मृत्यु भएको छ। नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचार गराइरहेकी एक महिलाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा महेन्द्रनगर–२ कञ्चनपुरका २९ वर्षीया महिला रहेकी छिन् । मृतक सुत्केरी महिला हुन् । सेती अस्पतालमा जुम्ल्याहा सन्तान जन्माएदेखि नै उनमा स्वास्थ्य समस्या देखिएको थियो ।

उनमा असोज १४ गते कोरोना संक्रमण पुष्टि भएको थियो । योसँगै बाँकेमा उपचारको क्रममा मृत्यु हुने संक्रमितको संख्या नौ पुगेको छ ।

प्रकाशित मिति : १८ आश्विन २०७७, आइतबार  १० : ०७ बजे