तत्कालीन एमाले र माओवादी केन्द्र ब्यूतिने गरी ऋषि कट्टेलकाे नेकपालाई वैधानिकताकाे फैसला गरेका न्यायाधीशहरूले प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाकाे इजलाशबाट पछि नहट्ने बताएका छन्।
हाल संवैधानिक इजलाशमा रहेकाे प्रतिनिधिसभा विघट्नसम्बन्धी मुद्दामा न्यायाधीशद्वय तेजबहादुर केसी र बमबहादुर श्रेष्ठले सहभागी हुन नहुने भन्दै कानुन व्यवसायीहरुले आलाेचना गरिरहेका बेला न्यायाधीशकाे यस्ताे धारणा आएकाे हाे।
आइतबारको मिति राखेर सोमबार वितरित रायमा उनीहरुले यसअघिको फैसलाका कारण यो मुद्दा हेर्न आफूहरुलाई आचारसंहिताका दृष्टिकोणले कुनै कठिनाई नभएको दावी गरे।
ऋषि कट्टेलको मुद्दा नितान्त फरक रहेकाे र त्यो मुद्दामा व्यक्त राय र पुनरावलोकन नगर्ने भनी गरेको आदेशले प्रतिनिधिसभा विघटनको मुद्दामा सम्बन्ध नराख्ने उनीहरुकाे तर्क रहेकाे सर्वाेच्च अदालत स्राेतकाे भनाइ छ।
आइतबार सुनुवाई सकिएपछि न्यायाधीशद्वय केसी र श्रेष्ठले मौखिक रुपमा इजलासमा बस्ने बताए पनि कुनै लिखित आदेश वा राय व्यक्त गरेका थिएनन् । तर, सोमबार उनीहरुको रायसहितको आदेशको प्रति संवैधानिक इजलासका सबै न्यायाधीशहरुलाई बुझाइएको थियो । त्यसमा प्रधानन्यायाधीशसहित कुनै पनि न्यायाधीशले हस्ताक्षर गरेका छैनन् ।
गत शुक्रबार र आइतबार कानून व्यवसायीले संवैधानिक इजलासमा सहभागी भएका न्यायाधीश श्रेष्ठमाथि प्रश्न उठाएका थिए। त्यो प्रश्नपछि न्यायाधीश केसी र प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबरासम्म पुगेर ठोक्किएकाे थियाे।
श्रेष्ठले ऋषि कट्टेलकाे नेकपालाई वैधानिकता दिँदा परेकाे पुनरावलोकन रिटमा प्रधानन्यायाधीश जबरा र न्यायाधीश केसीले पुनरावलाेकन नहुने आदेश दिएका थिए।





















प्रतिक्रिया