चीनमा कोरोना भाइरसको संक्रमण फेरि बढ्न थालेको छ। चीनको दक्षिणी सहर ग्वांझोमा साेमबार १८ जनामा संक्रमण भएको पाइएको छ। संक्रमितमध्ये सात जना सहरभन्दा बाहिरबाट गएका व्यक्ति रहेकाे अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन्।
गत २४ घन्टामा चीनमा २७ जना संक्रमित भेटिएका छन्। योसँगै अहिलेसम्म चीनमा ९१ हजार ९९ जनालाई सङ्क्रमण पुष्टि भएको छ भने कोरोनाका कारण अहिलेसम्म चार हजार ६ सय ३६ जनाको ज्यान गएको छ।





















प्रतिक्रिया