काठमाडौं ।नेपाल क्रिकेट संघ (क्यान)ले राष्ट्रिय महिला तथा पुरुष खेलाडीको वर्गीकरण नवीकरण गरेको छ।
क्यानले राष्ट्रिय टिम र ‘ए’ टिमबाट खेल्दै आएका युवा पुरुषतर्फ ३८ र महिलातर्फ २५ खेलाडीलाई केन्द्रीय सम्झौतामा नवीकरण तथा आवद्ध गरेको हो।
क्यानले पुरुषतर्फ श्रेणी ‘ए’मा कप्तान रोहितकुमार पौडेल, उपकप्तान दीपेन्द्र सिंह ऐरी तथा स्पिनर सन्दीप लामिछानेलाई समावेश गरेको छ। क्यानले उनीहरुको पारिश्रमिकसमेत वृद्धि गरेको छ। उनीहरुले अब मासिक एक लाख २० हजार रुपैयाँ पाउनेछन्।
यस्तै, श्रेणी ‘बी’तर्फ सोमपाल कामी, आसिफ शेख, कुशल भुर्तेल र करण केसी छन्। उनीहरुले एक लाख पाउने क्यानले जनाएको छ।
महिलातर्फ कप्तान इन्दु बर्मा, उपकप्तान पूजा महतो, पूर्वकप्तानद्वय रुविना क्षेत्री र सिता रानामगर श्रेणी ‘ए’मा छन्। उनीहरुले ५५ हजार मासिक पाउनेछन्।
क्यानका अनुसार महिला तथा पुरुष खेलाडीलाई म्याच फि पनि तोकिएको छ । टी२० आई खेल्नेले दश हजार तथा एकदिवसीय खेल्नेले १५ हजार पाउनेछन्।




















प्रतिक्रिया