Logo

राजनीति

शेरबहादुर देउवालाई पक्राउ नगर्न सर्वोच्चको अन्तरिम आदेश



काठमाडौं। सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा देउवालाई पक्राउ नगर्न अन्तरिम आदेश जारी गरेको छ। न्यायाधीश महेश शर्मा पौडेल र नित्यानन्द पाण्डेयको इजलासले सोमबार उक्त आदेश दिएको हो।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले काठमाडौँ जिल्ला अदालतबाट पक्राउ अनुमति लिएपछि देउवाले सर्वोच्चमा रिट दायर गरेका थिए। उनले मुद्दा हेर्ने अधिकार विशेष अदालतको हुने जिकिर गर्दै पक्राउ आवश्यक नभएको बताएका छन्।

देउवा दम्पती हाल हङकङमा रहेका छन्। विभागले रेड कर्नर नोटिसको प्रक्रिया थाले पनि इन्टरपोलले अहिलेसम्म नोटिस जारी गरेको छैन।

प्रकाशित मिति : ११ जेष्ठ २०८३, सोमबार १८:५५   :  बजे

12
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।