Logo

स्वास्थ्य

नेपालमा कोरोना संक्रमण दर घटेको हो ?



नेपालमा पछिल्लो २४ घण्टामा ४ हजार १ सय ७८ नयाँ सङ्क्रमित थपिएका छन् । आज सङ्क्रमित हुने भन्दा निको हुनेको सङ्ख्या धेरै छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार आज ६ हजार ४ सय ९१ जना सङ्क्रमण मुक्त भए । तर, सोही अवधिमा १ सय १४ जनाले ज्यान गुमाएका छन् । 

यसले मानिसमा कोरोना सङ्क्रमण घट्दै गएको हो कि भन्ने पनि देखाउँछ। तर, त्यस्तो होइन । जनस्वास्थ्य विज्ञ डा. रवीन्द्र पाण्डे कोरोना घटेको नभएर परीक्षण घटेको बताउँछन् । अनलाइन पानासँग कुरा गर्दै उनले भने, “अहिले नेपालमा कोरोना संक्रमणदर घटिरहेको छ । तर, परीक्षण दर पनि घटिरहेको छ ।”

कुनै दिन काठमाडौंमा ७० प्रतिशत कोरोना पोजेटिभ भेटिएकोमा अहिले ३० प्रतिशतमा झरेको उनले बताए । कोरोना सङ्क्रमित सङ्ख्या मात्र होइन मृत्यु हुनेको सङ्ख्या पनि घटेको उनको भनाइ छ ।

सरकारले गरेको निषेधाज्ञाले कोरोना नियन्त्रणमा सहयोग पुगेको उनले बताए । कोरोनाको पहिलो लहरमा दोस्रो लहर जस्तो कोरोना जोखिम नदेखिएको उनको टिप्पणी छ । दोस्रो लहरमा अक्सिजन चाहिले गम्भीर प्रकृतिका बिरामी बढेको उनले बताए ।

अझै केही दिन यसरी नै लकडाउनमा कडाइ गरे कोरोना नियन्त्रणमा सघाउ पुग्ने उनले बताए। ‘यसरी नै सङ्क्रमित सङ्ख्या घट्दै जाने हो भने अब साउन महिनाबाट नै मास्क लगाएर आफ्नो दैनिकी सहज बनाउन सकिने छ’, उनले भने ।

उनले संक्रमणबाट जोगिन सामाजिक दूरी कायम गर्नुका साथै स्वास्थ्य मापदण्ड अपनाउनुपर्ने बताए । ‘घर बाहिर निस्किएपछि बाटोमा, पसलमा, बसमा, काम गर्ने ठाउँमा, खाजा खाने ठाउँमा, सामान किन्ने ठाउँमा अर्थात् हरेक ठाउँमा ६ फिटको दुरी कायम गर्नुपर्छ’, उनले भने ।

यस्तो छ पछिल्लो साताको संक्रमण दर 

२०७८ जेठ ११ गते २२ हजार ९ सय ३६ जनाको नमुना परीक्षण गरीएको थियो जसमा आठ हजार ३ सय ३६ जनामा संक्रमण पुष्टि भएको थियो । जुन संक्रमणदर ३७ प्रतिशत हो ।
 
जेठ १२ गते कोरोना संक्रमितको नमुना परीक्षण २० हजार चार सय ९२ जनाको भएको थियो भने ६ हजार ४१ जनामा कोरोना पुष्टि भएको हो । ३३ दशमलव ९४ प्रतिशत संक्रमणदर हो । 

त्यस्तै जेठ १३ गते नमुना परीक्षण २० हजार नौ सय ९२ जनाको गरिएको थियो भने ६ हजार ४९ जनामा कोरोना पुष्टि भएको थियो । जुन संक्रमणदर ३३ दशमलव ७० प्रतिशत हो ।

जेठ १४ गते कोरोना नमुना परीक्षण २० हजार १ सय १० जनाको गरिएको थियो भने उक्त संख्याबाट ६ हजार ९ सय ५१ जनालाई कोरोना पुष्टि भएको थियो । जुन संक्रमित संख्या भने ३४ दशमलव ५० प्रतिशत रहेको हो ।
 
जेठ १५ गते १४ हजार सात सय ७२ जनाको नमुना परीक्षण गरीकोमा चार हजार आठ सय सात जनालाई कोरोना पुष्टि भएको थियो । जुन संक्रमण दर भने ३० दशमलव ५५ प्रतिशत रहेको छ । 

त्यस्तै जेठ १६ गते नमुना परीक्षण १२ हजार सात सय ७० जनाको गरिएकोमा चार हजार ६९ जनालाई कोरोना संक्रमण पुष्टि भएको थियो भने संक्रमण संख्या ३४ दशमलव २९ प्रतिशत थिए । 

जेठ १७ गते नमुना परीक्षण गराउनेको संख्या १७ हजार चार सय ८० थिए भने चार हजार ६२ जनामा कोरोना पुष्टि भएको थियो । संक्रमणदर भने २७ प्रतिशत रहेको छ । 

माथिका तथ्यांक अनुसार कोरोना संक्रिमतको संख्या घटेको देखिन्छ । सबैभन्दा योरै संक्रिमतको संख्या जेठ १७ गते छ भने दोस्रो १६ गते अघिल्लो एक हप्तामा कोरोना संक्रमणको संख्या न्युन हुँदै गएको पाइन्छ ।

 

प्रकाशित मिति : जेष्ठ १८, २०७८ मंगलबार  ११ : ४२ बजे

3
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।