Logo

स्वास्थ्य

गण्डकी प्रदेशमा स्वास्थ्य प्रणालीलाई सवल एवम् सुदृढ बनाइने



गण्डकी : गण्डकी प्रदेश सरकारले कोभिड-१९ लगायत महामारीको रोकथाम, नियन्त्रण र उपचरका लागि स्वास्थ्य प्रणालीलाई सवल एवम् सुदृढ बनाउने भएको छ ।

सोमबार गण्डकी प्रदेशसभाको वैठकमा आगामी आर्थिक वर्ष २०७८/०७९ को बजेटको सिद्धान्त र प्राथमिकता प्रस्तुत गर्दै प्रदेशका अर्थ मन्त्री किरण गुरुङले आधारभूत स्वास्थ्य सेवामा सबैको सरल र सहज पहुँच सुनिश्चित गर्दै गुणस्तर अभिवृद्धि गर्न आवश्यक बजेट व्यवस्था गरिने बताए । 

होम आइसोलेशनमा पनि आवश्यक मेडिकल सेवा उपलब्ध गराउने व्यवस्था गरिने उल्लेख गर्दै उनले प्रदेशका सबै नागरिकको लागि कोरोना भाइरस विरुद्धको खोप उपलब्ध गराउन नेपाल सरकारसँग समन्वय गरी प्रबन्ध गरिने बताएका छन् । कोभिड अस्पतालमा पर्याप्त अक्सिजनको व्यवस्था गरिने र कोरोना रोकथामका लागि अग्रपंक्तिमा रहेर काम गर्ने स्वास्थ्यकर्मी, सुरक्षाकर्मीलगायत अन्य राष्ट्रसेवक कर्मचारीलाई प्रोत्साहनको व्यवस्था गरिने सिद्धान्त र प्राथमिकतामा उल्लेख छ ।

कोभिडका कारण प्रभावित व्यवसायलाई जीवन्तता दिन सञ्चालित ‘व्यवसाय जीवन रक्षा कोष’ कार्यक्रमलाई निरन्तरता दिइने बताउँदै मन्त्री गुरुङले कोभिड-१९ का कारण सहारा गुमाएका परिवारलाई रोजगारी र बालबच्चाको शिक्षा दीक्षाको आवश्यक व्यवस्था गर्ने कार्यक्रम ल्याइने जानकारी दिएका छन् ।

प्रकाशित मिति : जेष्ठ १८, २०७८ मंगलबार  १ : २८ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।