काठमाडौं । चीनले अनुदानमा दिएकोमध्ये ८ लाख डोज कोरोनाविरुद्धको खोप मंगलबार काठमाडौं आइपुगेको छ ।
नेपाल एयरलाइन्सको विमानले ८ लाख डोज खोप नेपाल पुर्याएको हो । चीनले १० लाख डोज खोप सहयोगमा दिने भनेकोमा अब थप २ लाख डोज आउन बाँकी छ ।
खोप ल्याएको जहाज दिउँसो १ बजेर ४८ मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो । निगमको जहाज खोप लिन सोमबार राति ११ बजे बेइजिङ प्रस्थान गरेको थियो ।
यसैसाता राष्ट्रपति विद्यादेवी भण्डारीसँगको टेलिफोन संवादपछि चिनियाँ समकक्षी सी जिङपिङले नेपाललाई कोभिड-१९ महमारीविरुद्ध १० लाख डोज खोप उपलब्ध गराउने घोषणा गरेका थिए ।
प्रतिक्रिया