Logo

अचम्म

आकाशमा ४ वटा ग्रह लहरै देखिने



काठमाडौं । सौर्यमण्डलका चार वटा ग्रह आकाशमा एकैसाथ देखिन थालेका छन् ।

विपी कोइराला मेमोरियल प्लानेटेरियम तथा अब्जरभेटरी र विज्ञान संग्रहालय विकास समितिका अनुसार यही वैशाखमा वृहस्पति, शुक्र, मंगल र शनि ग्रह एकसाथ पंक्तिवद्ध रुपमा आकाशमा देखिन थालेका हुन् ।

नेपालबाट खाली आँखाले नै यी चार ग्रहलाई देख्न सकिने समितिका निमित्त कार्यकारी निर्देशक सनतकुमार शर्माले जानकारी दिए । ‘यो इन्ट्रेस्टिङ हो । सुरक्षाकर्मीले कवाज खेलेजस्तै आकाशमा पंक्तिवद्ध रुपमा महत्वपूर्ण ग्रहहरू खाली आँखाले एकैसाथ देख्न सकिन्छ,’ शर्माले भने ।

यी चार ग्रहसँगै चन्द्रमा पनि लामबद्ध देखिने क्रम केही दिनदेखि जारी छ । र, अझै केही दिनसम्म यी ग्रहहरू यसैगरी लामबद्ध देखिरहेनछन् ।

यी लामबद्ध भएका ग्रहलाई बिहान ३/४ बजेतिर देख्न सकिन्छ । तर, प्रकाश कम प्रदूषित भएको हुनुपर्नेछ । यी ग्रहहरू पङ्तिबद्ध रहेता पनि एकै साथ चित्र लिन भने कठिन हुनेछ ।

प्रकाशित मिति : १४ बैशाख २०७९, बुधबार १३:१४   :  बजे

33
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।