Logo

२८ महिनाको बालक ड्रममा डुबेर मृत्यु



रामेछाप :  मन्थली नगरपालिका-१३ चिण्डे बस्ने कुमार भुजेलको छोरा २८ महिनाको स्वस्तिक भुजेल आफ्नै घरको आगनमा राखेको पानीको ड्रममा डुबेर बुधबार दिउँसो मृत्यु भएको छ । डुबेर गम्भीर घाइते भएका उनको उपचारको लागि तामाकोशी अस्पताल मन्थलीतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । 

सिन्धुली, दुधौली नगरपालिका-११ माथिलो धन्सरी बस्ने ४० वर्षीया रिता सुवेदीको उनकै घर नजिकै रहेको कमला खोलामा डुबेर बुधबार दिउँसो मृत्यु भएको छ । खेतमा गएको अवस्थामा उनी डुबेको बताइएको छ । 

त्यस्तै, कैलाली लम्कीचुहा नगरपालिका-६ गुलरा बस्ने निखराम चौधरीको छोरा ७ वर्षीय मेसनराम चौधरीको सोही ठाउँस्थित नयाँ निर्माणाधिन घरको सेप्टी ट्याङ्कीमा जम्मा भएको पानीमा डुबेर बुधबार दिउँसो मृत्यु भएको छ ।

डुबेर गम्भीर घाइते भएका उनको स्थानीय लालरत्न अस्पताल लम्की हुँदै टिकापुर अस्पतालमा थप उपचारको क्रममा मृत्यु भएको हो ।   
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : २० जेष्ठ २०७८, बिहीबार १६:०४   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।