Logo

स्वास्थ्य

कोरोना अपडेट : ६ हजार ८२५ जना  संक्रमित थपिए, ७५ जनाको मृत्यु 



पछिल्लो २४ घण्टामा थप ६ हजार ८२५  जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । पीसीआर विधिबाट परीक्षण गर्दा ५ हजार आठ सय २५ र  एन्टिजेन विधिबाट   हजार जना  गरी ६ हजार ८२५ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

सोही अवधिमा कोभिड १९ बाट थप ७५ जनाले ज्यान गुमाएका छन् भने निको हुनेको संख्या ५ हजार ९०४ रहेको छ ।

देशभर सोही अवधिमा १८ हजार ५६२ जनाको पिसिआर र ३ हजार २ सय ११ जनको एन्टीजेन गरी २१ हजार ७ सय ७३ जनको परीक्षण गरिएको थियो ।

प्रकाशित मिति : २० जेष्ठ २०७८, बिहीबार १७:०८   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।