Logo

स्वास्थ्य

के सुन वा अन्य धातुले कोरोना भाइरस फैलाउन मद्दत गर्छ ?



कोरोना भाइरसको त्रासले मानिसहरु विभिन्न सुनिएका कुराहरुमा ध्यान दिएर विश्वास गरी आफनो मनोबल कमजोर पारीरहेका हुन्छन् । के सुन वा अन्य धातुले कोरोना भाइरसलाई आकर्षित गरी भाइरस फैलाउन मद्दत गर्छ ?  भन्ने प्रश्नमा धातु र कोरोना भाइरस संक्रमण बिच कुनै सम्बन्ध नभएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

सुन, सुनजन्य पदार्थ वा अन्य धातुले कोरोना संक्रमण फैलन सघाउँछन् भन्ने कुरा वैज्ञानिकरुपमा पुष्टि भएको छैन। यद्यपि धेरै छोड़ने कुनै पनि पदार्थलाई बेलाबेलामा निसंक्रमण भने गरिरहनुपर्छ। महामारीको बेलामा भ्रम होइन सचेतना फैलाऔं र कोरोना संक्रमणबाट बच्नका लागि जनस्वास्थ्यका राबै मापदण्डको पालना गरौं, मास्क लगाऔं , भौतिक दूरी कायम गर्न , बेलाबेलामा साबुनपानीले हात धुन  नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रले आग्रह गरेको छ । 

193098265_1489900424689101_857533631879341521_n.jpg

 

प्रकाशित मिति : जेष्ठ २१, २०७८ शुक्रबार  २ : ५० बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।