Logo

प्रमुख समाचार

मतदाता नामावली र आचारसंहिता उल्लंघनसम्बन्धी पाँच हजार बढी कल



काठमाडौँ । निर्वाचन आयोगले एक महिना अगाडिदेखि सञ्चालनमा ल्याएको कल सेन्टरमा पाँच हजार २ सय ५१ वटा कल रजिस्टर भएको छ ।

स्थानीय तहको निर्वाचनमा आचार संहिता उल्लघंनका उजुरी र मतदाताका विविध जिज्ञासालाई सम्बोधन गर्न कल सेन्टर स्थापना गरेको आयोगले जनाएको छ ।

अधिकाँश युवाहरुले आचार संहिता उल्लघंन, मतदाता परिचय पत्र हराएको तथा नामावलीमा नाम टिपाउन छुटेका कारणले मतदानमा कसरी सहज सहभागिता जनाउने तथा मतदाता परिचयपत्र प्राप्ति जस्ता विषयमा जिज्ञासा राख्ने गरेको सुभरभाइजर मधुसुदन पुडासैनीले बताए ।

कल सेन्टरमा साझ ७ बजेदेखि विहान ९ बजेसम्म श्रव्य सन्देश दर्ता गर्न सकिने व्यवस्था छ । दैनिक ३ सय जति कल आउने गरेको कल सेन्टरका सुभरभाइजर पुडासैनीले जानकारी दिए ।

‘विदेशबाट भर्खर फर्किएका युवाहरुबाट मतदाता परिचयपत्रमा नाम कसरी टिपाउने, यो निर्वाचनमा सहभागिता कसरी जनाउने भन्ने जिज्ञासा ठूलै संख्यामा आउने  गरेको छ,’ सुपरभाइजर पुडासैनीले भने, ‘मतदाता नामावली संकलनका बेला उनीहरु विदेशमा हुन्छन् । निर्वाचनमा सहभागि बन्न आउँदा त्यो बन्द भइसकेको हुन्छ । यी विषयमा आयोगले आवश्यक निर्णय गर्नुपर्ने देखिन्छ ।’

प्रकाशित मिति : १७ बैशाख २०७९, शनिबार २०:५८   :  बजे

3
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।