सुर्खेत । चंलेखी गाउँपालिका हुम्लाका स्वास्थ्य शाखा संयोजक कालीबहादुर बुढामाथि स्थानीय शिक्षकले जिउँदै आगो लगाउने प्रयास गरेका छन् ।
वडा नम्बर ४ का स्थानीयसमेत रहेका शिक्षक अमृत रोकायाकी श्रीमतीलाई केहि दिन पहिले कोरोना संक्रमण पुष्टि भएको थियो ।
उनको उपचारमा बुढा खटिएका थिए । रोकायाले श्रीमतीको उपचारमा लापरबाही गरेको र संक्रमितलाई अस्पताल लैजान हेलिकोप्टर नल्याइदिएको आरोपमा सेनिटाइजर छर्केर आगो लगाउने प्रयास गरेका हुन् ।
बिहान ८ बजेतिर बुटामाथि आक्रमण भएको हो । पीडितले दुर्व्यवहार गर्नेलाई कारबाहीको माग गर्दै चंलेखी गाउँपालिका–४ मा रहेको प्रहरी चौकीमा उजुरी दिएका छन् ।
स्वास्थ्यकर्मी बुढाले त्रैमासिक प्रतिवेदनको क्षेत्रीय मेडिकल पठाउने डाटा इन्ट्री गरिरहेको समयमा एक्कासी आक्रमण भएको बताए । रोकायाले सेनिटाइजरको ग्यानिस समातेर टाउँको छर्किन खोज्दै तलाइ जलाइदिन्छु भनेको उनले दुखेसो पोखे । उनले दोषिलाई हदैसम्मको कारबाही गर्न माग गरे ।
प्रतिक्रिया