सरकारले खाद्यान्नमा आजदेखि २० प्रतिशत छुट दिने निर्णय गरेको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट्र ट्रेडिङ्ग कर्पोरेशनबाट बिक्री गरिने खाद्यान्नमा सरकारले २० प्रतिशत छुट दिने भएको हो ।
सरकारले बजेट भाषणमा छुट दिने घोषणा गरेसँगै दुई कम्पनीले शुक्रबारदेखि निषेधाज्ञा अवधिभर खाद्यान्न विक्रिमा छुट दिने जनाएका छन् ।
बिहीबार अर्थमन्त्रालयमा सबन्धित निकायका प्रतिनिधिहरुबीच भएको बैठकले केही खाद्य बस्तुमा दिने निर्णय गरेका हुन् ।
छुटवापतको शोधभर्ना रकम अर्थ मन्त्रालयले बेहोरने छ । निषेधाज्ञा अवधिभर छुट दिएको रकम मध्येको ८० प्रतिशत सरकारले उपलव्ध गराउने छ भने २० प्रतिशत सम्बन्धित कम्पनीले दिने छन् ।
खाद्य कम्पनीले चामल र सिमीमा २० प्रतिशत छुट दिनेछ । कम्पनीले प्रतिपरिवार ३० केजीको एक बोरा चामल र २ केजी सिमीमा छुट दिने बताएको छ ।
यस्तै कर्पोरेशनले पाँच जनाको परिवारलाई एक महिनामा २ केजीको पिठो, २ केजी चिनी, २ केजी नुन, १ लिटरको भटमासको खाने तेल र एक सिलिण्डर ग्यास सहुलियदरमा उपल्ध गराउने निर्णय भएको कर्पोरेशनले जनाएको छ ।
उपभोक्ताले २० प्रतिशत छुटवापत पिठो प्रतिकेजी ४४, चिनी प्रतिकेजी ६३, नुन प्रतिकेजी १६, भटमासको तेल प्रतिलिटर १८८ र खाना पकाउने एसटीसी ग्यास ११ सय २० रुपैयाँमा पाउने छन् । छुट लिनका लागि उपभोक्ताले नागरिकताको प्रमाणपत्रको प्रतिलिपिमा परिवारको सदस्यहरुको नाम र संख्या उल्लखे गरी बुझाउने पर्नेछ ।
प्रतिक्रिया