Logo

स्वास्थ्य

कोरोना अपडेट : ५ हजार ४२ कोरोना संक्रमित थपिए ,६८ जनाको मृत्यु



पछिल्लो २४ घन्टामा ५ हजार ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १६ हजार ८१४ पीसीआर तथा एन्टिजेन परीक्षणका क्रममा सो संख्यामा संक्रमण पाइएको शनिवार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो ।  

यससँगै मुलुकभर हालसम्म कोरोना संक्रमण हुनेको संख्या  ५ लाख ९८ हजार २ सय ४ पुगेको छ । शनिवार ६८ जना संक्रमितको मृत्यु भएको छ । यससँगै हालसम्म ७ हजार ७९९ जनाको संक्रमणका कारण मृत्यु भएको छ । 

यस दिन ८ हजार २४३ संक्रमित निको भएका छन् । यससँगै हालसम्म निको हुनेको संख्या ४ लाख ८४ हजार ३७३ पुगेको छ । 

प्रकाशित मिति : २२ जेष्ठ २०७८, शनिबार १८:०१   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।