Logo

स्वास्थ्य

२५ स्वास्थ्य संस्थालाई अक्सिजन कन्सन्ट्रेटर वितरण



काठमाडौँ : नयाँ भेरियन्टसहितको कोरोनाबाट बच्न जोय फाउण्डेशनले विभिन्न जिल्लाका २५ स्थानमा अक्सिजन कन्सन्टेटर वितरण गरेको छ । नुवाकोट, स्याङ्जा, म्याग्दी, गोरखा, सोलुखुम्बु, मनाङ, कास्की, बर्दिया, काठमाडौँ, ललितपुर, भक्तपुर, मकवानपुरका २५ स्थानमा  १०० थान अक्सिजन कन्सन्टे«टर वितरण गरिएको हो । 

अधिकांश सरकारी स्वास्थ्य संस्था र स्वास्थ्य केन्द्रलाई अक्सिजन कन्सन्टेटर वितरण गरिएको फाउण्डेशनका अध्यक्ष राजु श्रेष्ठले जानकारी दिएका छन् । फाउण्डेशनलाई मिलरेपा ध्यान केन्द्र साँखुले अक्सिजन कन्सन्टेटर उपलब्ध गराएको जनाइएको छ ।

प्रकाशित मिति : २३ जेष्ठ २०७८, आईतवार १२:०७   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।