बेलुकीको खाना धेरै ढिला खाने काम नगर्नुस्
यदि तपाइँ बेलुकीको खाना धेरै ढिला खाने गर्नुहुन्छ भने यसले तपाईंको तौल मात्र बढाउने नभै तपाईंको सेक्स लाइफलाई नै डामाडोल बनाउँदछ । त्यसैले बेलुकीको खाना थोरै, हलुका र स्वस्थकर हुनु आवश्यक छ । खाना खाएको दुई घण्टापछि मात्र पार्टनरसँग बेडमा जाने तरखर गर्नु राम्रो हुन्छ ।
बिदाको बेलामा धेरैबेर समय सम्म नसुत्नुस्
तपाइँ साताभरीको सबै निद्रा बिदाको दिन त होनि भनेर पुर्याउने कुरा सोच्नुहुन्छ भने यसो नगर्नुस ।
शनिबार धेरैबेरसम्म सुतिरहनाले पनि तपाईंको सेक्स मुडमा शिथिलता ल्याउँदछ । बिदाको दिनमा धेरै समयसम्म सुत्नाले प्राकृतिक साइकलमा हानी पुग्ने भएका कारण तपाईंलाई अल्छी, शिथिल र सेक्सका लागि मुड नै नहुने समस्याले सताउनेछ ।
अरूबेला जति समयसम्म सुत्नुहुन्छ, त्यति समयमा नै उठ्ने प्रयास गर्नुहोस् यसो गर्नाले तपाइँलाइ फाइदा पुग्नेछ ।
पार्टनरसंग केही समय छुट्टै बस्नुहोस्
यदि तपाईं तथा तपाईंको पार्टनर एउटै अफिसमा काम गर्नेगर्नुहुन्छ र अफिसबाट पनि एकसाथ घर जानुहुन्छ भने केहि समयपछि तपाईंलाई बोर लाग्न सक्छ । यसका साथै सधैंभरि एकअर्काको साथमा नै हुनुहुन्छ भने त्यसले तपाइँलाइ असर पार्न सक्छ ।
यदि आफ्नो पार्टनरसँग सेक्सुयल इन्टिमेसी जगाउन चाहनुहुन्छ भने केहि समयको लागि एकअर्काबाट टाढा बस्नुहोस यसले गर्दा तपाईंले आफू फ्रेस भएको महसुस गर्नुहुनेछ र बेडरुममा तपाइँले केही राम्रो गर्न सक्नुहुन्छ ।




















प्रतिक्रिया