Logo

मनोरञ्जन

रियालिटी शो ‘इम्याजिन नेपाल’ आजबाट प्रसारण हुँदै



नेपालको पहिलो ट्राभल रियालिटी शो ‘इम्याजिन नेपाल’ बिहीबारदेखि प्रसारण हुने भएको छ । यो रियालिटी शोमा वृत्तचित्र (डकुमेन्ट्री) बनाउन सात जना भिडियो निर्माता-निर्देशकबीच प्रतिस्पर्धा हुनेछ ।

प्रत्येक निर्माताले आफ्नो तोकिएको प्रदेशका लागि उत्कृष्ट डकुमेन्ट्री बनाउन आफ्नो सात जनाको टोलीसँग देशका सात प्रदेशको भ्रमण गर्नेछन् र सोही स्थानको डकुमेन्ट्री बनाउनेछन् ।

जसमा प्रदेश १ बाट टिम सहाना, मधेश प्रदेशबाट टिम घुमन्ते, बागमती प्रदेशबाट टिम मानसी, गण्डकी प्रदेशबाट टिम दर्शन, लुम्बिनी प्रदेशबाट टिम किशोर, कर्णाली प्रदेशबाट टिम अबिन र सुदूरपश्चिम प्रदेशबाट टिम नेपाल फुड रहेका छन् ।

‘इम्याजिन नेपाल’ प्रत्येक बिहीबार राति ९ बजे कान्तिपुर टेलिभिजन र इम्याजिन नेपालको आधिकारिक युट्युब च्यानलबाट राति १० बजे प्रसारण हुनेछ ।

प्रकाशित मिति : २२ बैशाख २०७९, बिहीबार १२:५६   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।