काठमाडौं । डेनमार्क सरकारले १४ लाख डोज कोरोनाविरुद्धको एस्ट्राजेनिकाको खोप नेपाललाई प्रदान गर्ने भएको छ ।
डेनमार्क सरकारले खोप प्रदान गर्ने जानकारीसहितको पत्र स्वास्थ्य सेवा विभागलाई पठाएको विभागको आपूर्ति व्यवस्थापन महाशाखाका भीम सिंह तिंकरीले जानकारी दिए ।
खोप ल्याउनका लागि सहजीकरण गरिदिन विभागका महानिर्देशकले शनिबार साँझ नै युनिसेफलाई पत्राचार गरिसकेका छन् ।

















प्रतिक्रिया