Logo

खेलकुद

जिम्बावेविरुद्ध ब्याटिङ गर्दै नेपाल



काठमाडौं । पाहुना टोली जिम्बावे ‘ए’ विरुद्धको पहिलो एकदिवसीयमा नेपालले सुरुआतमा ब्याटिङ गर्ने भएको छ ।

टियु क्रिकेट मैदानमा जिम्बावेले टस जितेर फिल्डिङ रोज्दै नेपाललाई ब्याटिङको निम्ति दिएको हो ।

आज नेपाल जिम्बावेविरुद्ध जित निकाल्दै एकदिवसीय सिरिजमा सुखद सुरुआत गर्न चाहन्छ । जिम्बावे पनि नेपाललाई हराएर सुखद सुरुआत गर्न चाहन्छ ।

आईसीसी पुरुष क्रिकेट विश्वकप लिग टु अन्तर्गत अमेरिकामा हुने त्रिकोणात्मक एकदिवसीय सिरिजको तयारीमा स्वरूप नेपालले जिम्बावे ‘ए’ सँग सिरिज खेलिरहेको हो ।

यस अघि भएको तीन खेलको टी-ट्वान्टी सिरिज १-१ को बराबरीमा सकिएको थियो ।

नेपालको सुरुआती-११

कुशल भुर्तेल, आसिफ शेख, आरिफ शेख, दिपेन्द्र सिंह ऐरी, रोहित कुमार पौडेल, मोहमद आदील आलम, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, सुशन भारी, सागर ढकाल

प्रकाशित मिति : २३ बैशाख २०७९, शुक्रबार ०९:२६   :  बजे

24
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।