Logo

खेलकुद

नेपाल र जिम्बावे ‘ए’ बीच दोस्रो एकदिवसीय आज, दुवै टोली जितको खोजीमा



काठमाडौं । नेपाल र जिम्बावे ‘ए’ बीचको दोस्रो एकदिवसीय खेल आज हुँदैछ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज बिहान ९:३० बाट खेल सुरु हुनेछ ।

आजको खेलमा जित्नैपर्ने दबाबमा नेपाल रहेको छ। किनकी हिजो भएको पहिलो एकदिवसीयमा जिम्बावेले नेपाललाई ३ विकेटले हराएको थियो । आज पनि नेपाल पराजित भएमा उपाधि जिम्बावेले जित्नेछ ।

नेपाल र जिम्बावे ‘ए’ बीच तेस्रो तथा अन्तिम एकदिवसीय सोमबार खेलिनेछ। यसअघि टी ट्वेन्टी श्रृङ्खला १-१ को बराबरीमा सकिएको थियो ।

नेपालले आईसीसी विश्वकप लिग–२ को तयारीस्वरूप जिम्बावे ‘ए’ सँग प्रतियोगिता खेलेको हो ।

प्रकाशित मिति : २४ बैशाख २०७९, शनिबार ०८:५७   :  बजे

33
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।