Logo

खेलकुद

नेपालले टस जित्यो, जिम्बावे ब्याटिङमा



काठमाडौं । नेपाली क्रिकेट टोलीले एकदिवसीय अभ्यास सिरिज अन्तर्गत अहिले जिम्बावेसँग खेलिरहेकाे छ । कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा नेपालले टस जितेर जिम्बावेलाई ब्याटिङको निम्ता दिएको छ ।

शुक्रवार तीन खेलको सिरिजको पहिलो खेलमा पराजय ब्यहोरेको नेपाली टोलीले आज दोस्रो खेलमा पहिलो जित निकाल्ने लक्ष्यका साथ मैदान उत्रने छ ।

टीयू क्रिकेट मैदानमा खेल बिहान साढे ९ बजे सुरु हुनेछ । सिरिजको पहिलो खेलमा कमजोर ब्याटिङ गरेको नेपाल ३ विकेटले पराजित भएको थियो। सिरिजको तेस्रो खेल सोमवार हुनेछ ।

यसअघि सम्पन्न टी २० सिरिजमा जिम्वावे र नेपालले समान १ खेल जित्दा एउटा खेल वर्षादका कारण नतिजाविहीन भएको थियो । र, सिरिज १-१ को बराबरीमा टुंगिएको थियो ।

नेपाली टिम

सन्दीप लामिछाने, मोहम्मद आशिफ शेख, दीपेन्द्रसिंह ऐरी, रोहित कुमार पौडेल, मोहम्मद आरिफ शेख, बिनोद भण्डारी, करण केसी, सोमपाल कामी, कुशल भुर्तेल, सागर ढकाल, सुनिल धमला

प्रकाशित मिति : २४ बैशाख २०७९, शनिबार ०९:३३   :  बजे

27
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।