Logo

स्वास्थ्य

भक्तपुरमा हालसम्म ४८ हजारले लगाए कोरोनाविरुद्धको खोप



भक्तपुरका ४८ हजार २५७ जनाले कोरोना भाइरस विरुद्धको चिनियाँ खोप (भेरोसेल)को दोस्रो मात्रा लगाएका छन् । जिल्लाका चार नगरपालिकामा सञ्चालित दोश्रो चरणको खोप कार्यक्रम अन्तर्गत सो सङ्ख्यामा खोप लगाइएको हो । 

स्वास्थ्य कार्यालयका प्रमुख कृष्ण मिजारका अनुसार खोप कार्यक्रममा सूर्यविनायकमा १२ हजार ४५२ , मध्यपुरथिमिमा ११ हजार ३१९ , भक्तपुरमा १६ हजार ३४७  र चाँगुनारायणमा ८ हजार १३९ जनाले खोप लगाएका छन् ।

भेरोसेलको पहिलो मात्रा लगाउने १८ वर्षमाथिका नगरबासीलाई खोप लगाइएको थियो । जिल्लामा हालसम्म कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या २० हजार ६१३ पुगेको छ । ती मध्ये ११ हजार २८५ पुरुष र ९ हजार ३२८ महिला  छन् । ती सक्रिय सङक्रमितको सङ्ख्या एक हजार २५९ छन् ।

स्वास्थ्य कार्यालयका अनुसार जिल्लामा हालसम्म कोरोनाबाट २७० जनाको मृत्यु भएको छ । ती मध्ये १७४ पुरुष र ९६  महिला  छन् ।

प्रकाशित मिति : २४ जेष्ठ २०७८, सोमबार १७:५७   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।