काठमाडाैं उपत्यकासहित देशभर आजबाट कोभिड–१९ विरुद्धको खोप अभियान सञ्चालन हुँदैछ। चीन सरकारबाट प्राप्त खाेप जेष्ठ नागरिकलाई लगाउन लागिएकाे हाे। यद्यी नागरिकको उमेर समूहमा केही परिवर्तन गरिएको छ।
यसअघि ६० देखि ६४ वर्ष उमेर समूहका नागरिकलाई खाेप दिइने भनिए पनि अहिले उपत्यकामा ६० देखि ६४ र उपत्यका बाहिर ६२ देखि ६४ वर्षका खोप दिइने भनिएको छ। । खोप लगाउने नागरिकको सङ्ख्या बढ्न सक्ने भएपछि अन्तिम समयमा उमेर समूहमा परिवर्तन गरिएको हाे।
चीन सरकारले अनुदानममा उपलब्ध गराएको भेरोसेल खोप उपत्यकाका काठमाडौं, भक्तपुर र ललितपुरमा ६० देखि ६४ र उपत्यकाबाहिरको हकमा ६२ देखि ६४ वर्ष उमेर समूहका नागरिकलाई पहिलो मात्रा लगाउन लागिएको हो
काठमाडौं महानगरपालिकाले खोप अभियानका लागि ३२ वटै वडामा केन्द्र ताेकेकाे छ। २५ देखि २९ जेठसम्म खोप अभियान सञ्चालन हुँदैछ।
















प्रतिक्रिया