Logo

स्वास्थ्य

खोप लगाउन जाँदा विशेष ध्यान दिनुपर्ने कुरा के-के हो ?



सरकारले मंगलबारदेखि उपत्यकामा ६० देखि ६४ र उपत्यका बाहिर ६२ देखि ६४ वर्ष उमेर समूहका लाई खोप लगाउन सुरु गरेको छ । चीनबाट अनुदानमा प्राप्त भेरोसेल खोप लगाउन सुरु गरिएको हो । सरकारले अन्य विभिन्न मुलुकहरुसँग पनि खोप सहयोग गर्न आग्रह गरिरहेको छ ।

कोरोनाविरुद्धको खोप नेपाल सरकारले नि:शुल्क लगाइरहेको छ । प्राधानमन्त्री केपी शर्मा ओलीले सबै नेपालीलाई खोप लगाउने घोषणा यसअघि नै गरिसकेका छन् । यसअघि भारतबाट ल्याउको कोभिशिल्ड खोप र चीनबाट ल्याएको भेरोसेल खोप लगााइएको हो ।

खोप लगाउन जाँदा के-के कुरामा विषेश ध्यान पुर्याउनु पर्छ ?

– जिल्ला स्वास्थ केन्द्र वा गाँउपालिकाले निकालोको सूचना एक पटक राम्रोसँग पढ्ने

– सरकारी परिचय पत्रको आधारमा खोप लगाइने भएकोले आफ्नो पहिचान खुल्ने नागरिकता, अन्य सरकारी पत्र अथवा वडा सिफारिस लग्ने

– अनिर्वाय मास्को प्रयोग गर्ने

– छोटो बाहुला भएको खुकुलो लुगा लगाएर जाने

– खोप लगाएपछि सामाजिकदुरी कायम गर्दै कम्तीमा आधा धण्टा खोप केन्द्र मै बस्ने

थप जानकारीका लागि तलको भिडियो हेर्नुहोस् :

कोभिड-१९ खोप लगाउन जाँदा ध्यान दिनुपर्ने कुराहरू !!!

Posted by HEOC on Monday, 7 June 2021

प्रकाशित मिति : २५ जेष्ठ २०७८, मंगलवार १४:२३   :  बजे

3
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।