Logo

समाज

खाली पेटमा लसुन खानुका आठ फाइदाहरू



काठमाडौं । लसुनले कुनै पनि खानाका परिकारलाई स्वादिष्ट बनाउन सहयोग गर्छ । यसका अलावा लसुनमा धेरै गुणकारी तत्व रहेका हुन्छन् जसले हामीलाई विभिन्न रोगहरूबाट मुक्त गराउने आयुर्वेद चिकित्सकहरू बताउँछन् ।

आयुर्वेदमा त लसुनलाई औषधि नै मानिएको छ । बिहान सबेरै खाली पेटमा लसुन खानाका चामत्कारिक फाइदाहरू छन् ।

यहाँ लसुनका आठ फाइदाबारे चर्चा गरिएको छ ।

१- स्वस्थ मुटु

लसुनले मुटुसँग सम्बन्धित रोगहरू टाढा भगाउँछ । रगत स्वस्थ रहन्छ र हृदयघातको खतरा कम भएर जान्छ । लसुन र महको मिश्रण गरेर खाए धमनीमा जम्मा हुने खराब तत्व हराएर जान्छ जसले रक्तसञ्चार सहज पार्छ ।

२- उच्च रक्तचाप कम गर्न सहयोगी

लसुन खानाले उच्च रक्तचापबाट छुटकारा दिलाउँछ । चिकित्सकहरूले उच्च रक्तचापबाट पीडित व्यक्तिहरूलाई हरेक दिन लसुन खान सल्लाह दिने गरेका हुन्छन् ।

३- पेट सम्बन्धी रोगका बिरामीलाई राहत

पेटसँग सम्बन्धित बिरामीहरू जस्तै डायरिया र कब्जियतको रोकथामका लागि पनि लसुनको सेवन निकै उपयोगी मानिन्छ । उमालेको पानीमा लसुन राखेर खाली पेटमा खाने हो भने यसले डायरिया र कब्जियतबाट मुक्त गराउँछ । लसुनले शरीरमा रहेको हानिकारक तत्वहरूलाई बाहिर निकाल्न पनि सहयोग गर्छ ।

४- पाचन प्रणालीमा सहयोग

लसुनले मानिसको पाचन प्रणालीलाई राम्रो बनाउने क्षमता राख्छ । खाली पेटमा लसुनको पोडा चपाएर खाने हो भने पाचन राम्रो हुन्छ र यसले खानामा रुचि पनि बढाउँछ ।

५ -तनाब कम

लसुनले तनाब कम गर्न पनि सहयोग गर्छ । कतिपय अवस्थामा हाम्रो पेटमा जम्मा हुने एसिडले मानिसको मनलाई बेचैन बनाउन सक्छ । तर लसुनले यस्तो एसिड उत्पन्न हुनबाट रोक्छ । लसुनले टाउको दुःख्ने समस्या पनि कम गर्छ ।

६- दाँतको दुखाईमा पनि राहत

लसुनमा दुखाई कम गर्ने गुण पनि रहेको हुन्छ । यदि दाँतको दुखाई छ भने लसुनलाई पिसेर दुखिरहेको दाँतमा लगाउँदा केही समयमै दुखाई हटेर जान्छ ।

७-नसा झमझाउने समस्या कम

खाली पेटमा लसुनको सेवनले नसा झमझमाउने समस्या पनि हराएर जान्छ ।

८-रुघाखोकीमा राहत

लसुनले स्वाससँग सम्बन्धित रोगहरूको रोकथाममा पनि सहायक भूमिका निभाउँछ । यस्तै रुघाखोकी, निमोनिया तथा ज्वरोका बिरामीहरूका लागि पनि लसुनले प्राकृतिक औषधिका रूपमा काम गर्छ ।

(एजेन्सीको सहयोगमा)

प्रकाशित मिति : बैशाख २७, २०७९ मंगलबार  ८ : २७ बजे