काठमाडौं । हिमाली पदमार्गमा रहेका १० वस्तीलाई विकास गरेर आधुनिक सुविधा सम्पन्न बनाउने सरकारकाे घोषणाअनुरुप गुरुयोजना अध्ययनको काम सकेको छ ।
डोल्पाको दुनै, ताप्लेजुङको फुङलिङ, सोलुखुम्बुको लुक्ला, रसुवाको स्याफ्रुबेसी, अन्नपूर्ण सक्रिटमा पर्ने मुस्ताङको जोमसोम, हुम्लाको सिमीकोट, बाजुराको मार्तडी, बाजुराकै कोल्टी, मनाङको चामे र संखुवासभाको किमाथांकालाई आधुनिक सुविधा सम्पन्न शहरमा परिणत गर्न लागिएको हो ।
हिमाली सहर घोषणा गरेको ५ बर्षमा गुरुयोजना अध्ययनको काम सम्पन्न भएको शहरी विकास मन्त्रालयअन्तर्गत रहेको नयाँ शहरी आयोजना समन्वय कार्यालयले जनाएको छ ।
स्थानीय मौलिकतालाई जोगाई, त्यहाँका सम्वभनाहरुको उजागार गर्दै पर्यटन क्षेत्रको रुपमा विकास गर्ने गरी नयाँ शहर विकास गर्न लागिएको हो । ताकी, स्थानीय बासिन्दाहरु अवसर खोज्दै अन्यत्र बसाइसराइ गर्नु नपरोस् । यी शहर विकास भएपछि पर्यटकको बसाइ पनि लम्बाउन सकिने सरकारको विश्वास छ ।
सरकारले पहिलो पटक लुक्ला, स्याफ्रुबेसी, जोमसोम र सिमिकोटलाई विकास गर्ने गरी २०७४ मा योजना घोषणा गरेको थियो । पछि, २०७७/७८ मा थप ५ वटा शहर थपेर १० पुर्याइएको हो ।
नयाँ शहर आयोजना समन्वय कार्यालयले हिमाली वस्तीको अध्ययन सम्पन्न गरेको हो ।
हिमाली क्षेत्रको अर्थतन्त्र पर्यटनमा अडिएको हुँदा नयाँ शहर विकास गर्दा पनि पर्यटन विकासलाई ध्यान दिइने नयाँ शहर आयोजना समन्वय कार्यालयले जनाएको छ ।
हिमाली पदमार्गमा निर्माण गरिने आधुनिक नयाँ शहरले आन्तरिक तथा बाह्य पर्यटकलाई थप आकर्षित गर्ने विश्वास छ । नयाँ शहर निर्माणको उद्देश्य व्यवस्थित वस्ती विकाससँगै स्थानिय सम्भवनालाई उजागर गर्दै स्थानीय स्तरमै उद्यमशीलता र रोजगारी विकास गर्ने पनि रहेको छ ।
आधुनिक सेवा सुविधा खोज्दै सुगम क्षेत्रका शहरतिर जाने बासिन्दाई स्थानीय स्तरमै आधुनिक सुविधा र रोजगारी दिएर बसाइसाइ रोक्ने नयाँ शहर आयोजनाको उद्देश्य रहेको छ ।
एउटा आधुनिक शहरमा हुने सम्पूर्ण सुविधाहरु नयाँ शहरमा उपलब्ध गराउने तयारी भइरहेको शहरी विकास मन्त्रालयले जनाएको छ । पछिल्लो समय हिमाली क्षेत्रबाट पनि शहतिर बसाइसराइ गर्ने क्रम बढ्दो छ ।




















प्रतिक्रिया