पछिल्लो २४ घण्टामा नेपालमा थप ५ हजार १५३ जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा एन्टिजेन विधिबाट ५ हजार ६११ जनाको परीक्षण गर्दा १२८३ जनामा संक्रमण पुष्टि भएको छ भने पीसीआर विधिबाट १२ हजार ६५ जनाको परीक्षण गर्दा ३ हजार ८७० जनामा संक्रमण पुष्टि भएको छ। बितेको २४ घण्टामा जम्मा १७ हजार ६७६ जनाको परीक्षण भएको थियो ।
यससँगै देशभर कुल कोरोना संक्रमित पीसीआरतर्फ ५ लाख ९५ हजार ३६४ पुगेका छन् भने एन्टिजेनतर्फ १५ हजार ९४४जना पुगेका छन् । हालसम्म कोरोना निको हुनेको कुल संख्या ५ लाख ४ हजार ३३० पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा ६ हजार ५७० जनाले कोरोना जितेका छन् ।
मृतकको संख्या ८ हजार ९८ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्रै १०८ जनाले ज्यान गुमाएका छन् ।

















प्रतिक्रिया