बुधबार सुन र चाँदीको मूल्य सामान्य रकमले घटबढ भएको छ । आज सुन प्रतितोला एक सय रुपैयाँले बढ्दा चाँदी प्रतितोला पाँच रुपैयाँले घटेको छ ।
बुधबार छापावाल सुन प्रतितोला ९४ हजार दई सय रुपैयाँमा कारोबार भइरहेको छ ।
अघिल्लो कारोबार दिन छापावाल सुन प्रतितोला ९४ हजार एक सय रुपैयाँमा कारोबार भएको थियो ।
बुधबार तजाबी सुन पनि तोलामा एक सय रुपैयाँले बढेर ९३ हजार सात सय रुपैयाँमा कारोबार भइरहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महसंघको मूल्य सूचीअनुसार चाँदी प्रतितोला पाँच रुपैयाँले घटेर १३ सय ५० रुपैयाँ प्रतितोलामा कारोबार भएको छ ।















प्रतिक्रिया