Logo

सुरक्षा/अपराध

लुटपाटमा संलग्न दुई जना पक्राउ



पर्सा : वीरगंज महानगरपालिका-११ श्रीपुर बस्ने ४५ वर्षीया महिलाको घाँटीमा लगाएको सुनको सिक्री लुटपाट गरेको अभियोगमा २ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरुमा वीरगंज महानगरपालिका-१६ बस्ने १९ वर्षीय निरज नट र सोही ठाउँ बस्ने १९ वर्षीय युवराज राय रहेका  छन् । वीरगंज महानगरपालिका-८ घण्टाघरस्थित तरकारी बजारमा तरकारी किन्दै गरेको अवस्थामा ती महिलाको सिक्री लुट्ने उनीहरुलाई तत्कालै अस्थायी प्रहरी पोष्ट घण्टाघरको टोलीले पक्राउ गरेको हो । 

उनीहरु उपर पर्सा जिल्ला अदालतबाट ५ दिन म्याद थप गरी अनुसन्धान भईरहेको तथा घटनामा संलग्न अन्य व्यक्तिहरूको समेत खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । 

प्रकाशित मिति : २६ जेष्ठ २०७८, बुधबार १३:४८   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।