Logo

स्वास्थ्य

कोरोना अपडेट : ४ हजार ३४४ संक्रमित थपिए, ५ हजार ७६८ जना डिस्चार्ज ८१ जनाको मृत्यु



पछिल्लो २४ घण्टायता देशभर ४ हजार ३४४ संक्रमित थपिए, ५ हजार ७६८ जना डिस्चार्ज  ८१ नेपालमा पछिल्लो २४ घण्टामा ४ हजार ३४४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको  १२ हाजर ७४ जनाको पीसीआर परीक्षणबाट ३ हजार ४४९ र ४ हजार ५६४ एन्टिजेन परीक्षणमा  ८९५ जना गरी ४ हजार ३४४ जना कोरोना संक्रमित थपिएका हुन् ।

पछिल्लो २४ घण्टामा थप ८१ जना कोरोना संक्रमितको मृत्यु भएको छ । सोही अवधिमा देशभरका विभिन्न अस्पतालबाट ५ हजार ७६८ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।

 

प्रकाशित मिति : २६ जेष्ठ २०७८, बुधबार १६:५३   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।