कुमारी बैंक र पोखराको टिका रिसोर्ट, सुइट्स एन्ड स्पाबीच सेवामा छुट दिने सम्बन्धमा सम्झौता भएको छ । सम्झौतापछि बैंकका ग्राहकले पोखराको टिका रिसोर्ट, सुइट्स एन्ड स्पाका सेवामा छुट पाउने भएका हुन्।
सम्झौता अनुसार बैंकका कार्डवाहकलगायत ग्राहकले पोखरास्थित टिका रिसोर्ट, सुइट्स एन्ड स्पामा होटल र रिसोर्टको खानपानमा २० प्रतिशतसम्मको, बसाईमा आकर्षक छुटलगायत सोही रिसोर्टका अतिरिक्त मनोरञ्जनात्मक क्रियाकलापमा पनि विविध सहुलियत प्राप्त गर्न सक्नेछन् ।
छुटसम्बन्धी सम्झौतापत्रमा कुमारी बैंक, लेकसाइड शाखा प्रबन्धक प्रतीक्षा पोखरेल र टिका रिसोर्ट, सुइट्स एन्ड स्पाका प्रबन्ध निर्देशक टीका पौडेलले हस्ताक्षर गरेका छन् ।




















प्रतिक्रिया