Logo

स्वास्थ्य

बीएण्डसी मेडिकललाई सम्बन्धन नदिन भन्दै प्रदर्शनमा उत्रिएका ६ जना पक्राउ



काठमाडौं । दुर्गा प्रसाईंले सञ्चालन गरेको झापास्थित बीएण्डसी अस्पताललाई काठमाडौं विश्व विद्यालयले अवैध रुपमा मेडिकल कलेजको सम्बन्धन दिन लागेको भन्दै विरोधमा उत्रिएका विद्यार्थीलाई प्रहरीले पक्राउ गरेको छ ।

सोलिडारिटी फर डा. केसी अलायन्सका ६ जना विद्यार्थीलाई प्रहरीले पक्राउ गरेको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले जेठ २८ गते चिकित्सा शिक्षा आयोगको आकस्मिक बैठक राखेर अवैध रुपमा बीएण्डसी अस्पताललाई मेडिकल कलेजको सम्बन्धन दिलाउन लागेको भन्दै त्यसविरुद्ध प्रदर्शनमा उत्रिएका ६ जना पक्राउ परेको सोलिडारिटी फर डा. केसी अलायन्सका संयोजक डा. जीवन क्षेत्रीले जानकारी दिएका छन् ।

डा. क्षेत्रीका अनुसार माइतिघर मण्डलामा विरोध प्रदर्शनका क्रममा अलायन्सका अभियन्ताहरू छिरिङ तामाङ, सचिन तिमल्सेना, लोकेश कुँवर, चेतन बुढाथोकी, साजन तामाङ र शशि विक्रम कार्की पक्राउलाई प्रहरीले पक्राउ गरेको हो ।

प्रकाशित मिति : जेष्ठ २७, २०७८ बिहीबार  ५ : ०८ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।