Logo

भरतपुर अस्पतालमा ७० वर्षीय कोरोना संक्रमितको मृत्यु



भरतपुरमा एक जना कोरोना संक्रमित वृद्धको भरतपुर अस्पतालमा मृत्यु भएको छ । सोमवार साँझ भरतपुर–३ बस्ने ७० वर्षीय पुरुषको मृत्यु भएको हो ।

अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलका अनुसार ती व्यक्तिको अस्पताल ल्याउँदै गर्दा मृत्यु भइसकेको थियो । लामो समयदेखि मधुमेह तथा उच्च रक्तचापको समस्या देखिएका ती वृद्धमा ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या भएपछि उनलाई साँझ अस्पताल पुर्‍याइएको थियो ।

अस्पतालका  अनुसार चार दिनअघि उनमा कोरोना संक्रमण पुष्टि भएको थियो । कोरोना संक्रमण देखिएपछि उनी आइसोलेसनमा बस्दै आएका थिए। योसँऊै चितवनमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २४ पुगेको छ ।

प्रकाशित मिति : आश्विन १९, २०७७ सोमबार  ११ : ४२ बजे