Logo

स्वास्थ्य

बीएन्डसीलाई सम्बन्धन दिन आयोगका पदाधिकारीमाथि दबाब दिएकोमा कांग्रेस शिक्षा विभागको आपत्ती 



दुर्गा प्रसाईले सञ्चालन गरेको झापास्थित विवादित बिएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिनुपर्ने भन्दै प्रधानमन्त्री केपी शर्मा ओली र शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठले चिकित्सा शिक्षा आयोगका पदाधिकारीहरुलाई दबाब दिएका थिए । प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटार निवासमा स्वयं अध्यक्ष रहेको चिकित्सा शिक्षा आयोगको बैठक राखि झापास्थित प्रस्तावित बीएन्डसी कलेजलाई एमबिबिएसको सम्बन्धन दिन आयोगका पदाधिकारीमाथि दबाब दिएको भन्दै नेपाली कांग्रेस शिक्षा विभागले आपत्ती जनाएको छ ।

नेपाली कांग्रस विभागले शनिबार प्रेस विज्ञप्ति निकालेर सोहि विषय प्रति ध्यानआर्षण गराएको हो । नेपाल सरकार आफैले बनाएको ऐन, नियम तथा विभिन्न समयमा गरेका सम्झौता विपरीत प्रधानमन्त्रीले गरेको सो कार्यको नेपाली कांग्रेस शिक्षा विभाग घोर भत्सर्ना गरेको छ ।

नीति, नियम र कानून मिचि प्रधानमन्त्रीले दिएको निर्देशनको उपेक्षा गरी विधिसम्बत कार्य गर्न सम्वन्धित निकायलाई आग्रह गरेको छ । 

प्रेस विज्ञप्ति -- २९ जेठ २०७८.jpg

प्रकाशित मिति : २९ जेष्ठ २०७८, शनिबार १६:०८   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।