Logo

स्वास्थ्य

कोरोना अपडेट : ३ हजार ३८४ संक्रमित थपिए, ६१ जनाको मृत्यु 



नेपालमा थप तीन हजार ३८४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १४ हजार ४९४ स्वाब नमुना परीक्षण गरिएकोमा तीन हजार ३८४ जनाको नतिजा पोजिटिभ आएको हो । आठ हजार ५०६ नमुनाको पीसीआर परीक्षण गर्दा दुई हजार ३८२ र पाँच हजार ९८८ नमुनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा एक हजार दुईजनामा संक्रमण देखिएको हो ।

पछिल्लो २४ घण्टामा कोरोनाका कारण ६१ जनाको मृत्यु पुष्टि भएको छ । योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या आठ हजार ३६६ पुगेको छ ।

पछिल्लो २४ घण्टामा देशभर ६ हजार २९५ जना निको भएका छन् । योसँगै नेपालमा कोरोनामुक्त हुनेको संख्या पाँच लाख २७ हजार १११ पुगेको छ ।

हाल देशभर सक्रिय संक्रमितको संख्या ७१ हजार ३०१ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार जनाएको छ ।

प्रकाशित मिति : २९ जेष्ठ २०७८, शनिबार १६:४६   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।