Logo

बैंकिङ

नेपाल बैंकमा अब पव्लिक डाइरेक्टर पनि ३ जना हुने, सरकारको तर्फबाट १ संचालक घटाइए



सोमबार बसेको नेपाल बैंक लिमिटेडको विशेष साधारणससभाले सञ्चालक समितिमा भएको व्यवस्थामा परिवर्तन गरेको छ । नयाँ व्यवस्था अनुसार  अव नेपाल बैंकमा सरकारको तर्फबाट प्रतिनिधित्व हुने संचालकको संख्या घटाइने भएको छ । 

सोमबार भर्चुअल माध्यामबाट भएको विषेश साधारणबाट यसअघि भएको संचालक संबन्धी व्यवस्थामा परिवर्तन गरिएको हो । हाल नेपाल बैंकमा सरकारको तर्फबाट ४ जना र सर्वसाधारणको तर्फबाट २ जनामात्रै प्रतिनिधित्व हुँदै आएको थियो ।

साधारणसभाले नेपाल सरकारबाट नियुक्त हुने संचालकको संख्या घटाइएको बैंकका प्रवक्ता प्रकाश अधिकारीले बताए । नेपाल बैंकमा सरकारको ५१ प्रतिशत सेयर छ भने अन्य निजी क्षेत्रको ४९ प्रतिसत सेयर रहेको छ ।

नेपाल बैंकमा अव ३ जना सर्वसाधारण संचालक रहने, असोज १९ गते हुने भो संचालक निर्वाचन

पव्लिकको ४९ प्रतिसत सेयर रहेपनि २ जनामात्रै संचालकको प्रतिनिधित्व हुँदै आएको छ । सो संबन्धमा अदालतमा मुद्धा परेपछि ४ सञ्चालकबाट घटाई तीन र सर्वसाधारण शेयरधनीका तर्फबाट निर्वाचित हुने दुईबाट वृद्धि गरी तीन कायम गर्ने व्यवस्था पारित गरेको छ ।

नेपाल बैंकको प्रबन्ध–पत्र र नियमावलीमा सरकारको तर्फबाट ४ जना र अन्य सर्वसाधारणको तर्फबाट २ जनामात्रै प्रतिनिधित्वको व्यवस्था संबन्धमा पुनरावेदन अदालतमा मुद्धा परेको थियो । सो मुद्धा नेपाल बैंकले हारेपछि साधारणसभाले हाल भएको प्रवन्धपत्र नियामावली परिवर्तनको अख्तियारी संचालक समितिलाई दिएको छ ।

प्रकाशित मिति : आश्विन २०, २०७७ मंगलबार  १० : ४७ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।