Logo

स्वास्थ्य

सोमबार र मंगलबार काठमाडौंका यी ४ केन्द्रबाट खोप लगाइने, क-कसले पाउने छन् ?



काठमाडौं महानगरपालिकामा कोभिड-१९ विरुद्धको खोप लगाउने कार्यक्रम फेरि सुरु हुने भएको छ । खोप अभावका कारण स्थगित भएको कार्यक्रम भोलीबाट पुन सुरु हुने भएको हो । 

भेरोसेल खोप कार्यक्रम भोलि सोमबार र पर्सी मंगलबार मात्र हुने बताइएको छ ।  यसअघि महानगरका सबै वडामा खोप लगाउने काम भएको थियो। तर अब भने ४ वटा केन्द्रमा मात्र खोप लगाउने काम हुने भएको छ ।

स्वास्थ्य कार्यालय काठमाडौंका अनुसार ६० र ६१ वर्ष उमेरका तथा यसअघि भेरोसेल खोप लगाएका व्यक्ति, स्वास्थ्यकर्मीका लागि वीर, त्रिवि शिक्षण, निजामती कर्मचारी अस्पताल र वीरेन्द्र सैनिक अस्पतालमा खोप लगाइने छ ।

प्रकाशित मिति : ३० जेष्ठ २०७८, आईतवार १६:५९   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।