Logo

शेयर बजार

जनरल इन्सुरेनसको आइपीओ बाँडफाँड सकियो, ५ लाख बढीको हात खालि 



जनरल इन्सुरेन्स कम्पनीको आइपीओ बाँडफाँड सम्पन्न भएको छ । ७ लाख ९४ हजार जनाले आवेदन दिएकोमा २ लाख ७० जनाले १० कित्ताका दरले सेयर हात पारेका छन । ५ लाख २४ हजार ५४ जना आवेदनकर्ताको हात खाली भएको छ भने २ हजार १ सय ८८ जना आवेदकले ४८ हजार ६ सय ४० कित्ताका लागि दिएको आवेदन रद्द भएको छ ।

जनरलले असोज ११ गतेबाट १४ गतेसम्म प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ३० लाख कित्ता आइपीओ जारी गरेको थियो ।
हाल यस कम्पनीको चुक्ता पुँजी ७० करोड रुपैयाँ छ । आइपीओ निष्कासन पश्चात चुक्ता पुँजी १ अर्ब रुपैयाँ पुग्नेछ ।

प्रकाशित मिति : आश्विन २०, २०७७ मंगलबार  ११ : ३३ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।