कोरोना महामारीको दोस्रो लहरले ठूलो मानवीय क्षति पुर्याएको छ । सरकारले आवश्यक मात्रामा खोपको व्यवस्थापन गर्न नसकेको भन्दै आलोचना भइरहेको छ । मुुलुकमा कोरोनाको उच्च जोखिममा रहेका फ्रन्टलाइनर र वृद्धवृद्धाहरुलाई सरकारले खोप पुर्याउन सकेको छैन ।
तर, स्थानीय प्रतिनिधिहरुले भने राजनीति दलका कार्यकर्ताहरुलाई खोप लगाउने लक्षित वर्गको सूचीमा रोखेका छन् । यस्तै उदयपुरको बेलका नगरपालिकाले कोरोनाविरुद्धको खोप लगाउने लक्षित वर्गमा राजनीतिक दलका कार्यकर्ताहरु पनि राखिएको छ ।
नगरपालिकाले जारी गरेको खोप लगाउनेसम्बन्धी सूचनाको लक्षित वर्गको तेस्रो नम्बरमा अग्रपंक्तिमा रहेर काम गर्ने राष्ट्रिय राजनीतिक दलका १० १० जना र स्थानीय राजनीतिक दलका ३ ३ जनालाई खोप लगाउने उल्लेख गरिएको छ ।
हाल चीनले दिएको कोरोनाविरुद्धको भेरोसेल खोप लगाइरहेका छन् । भारतले खोप निर्यातमा प्रतिबन्ध लगाउँदा खोप अभाव भइरहेको छ ।















प्रतिक्रिया