जुन १४, अर्थात् सोमबार विश्व रक्तदान दिवस । कोरोना भाइरसले थला परेको यो वर्षको रक्तदान दिवस विश्वभर ‘गिभ ब्लड किप द वर्ल्ड विटिङ’ भन्ने नाराका साथ मनाइँदै छ । सन् २००४ मा स्थापित यस कार्यक्रमको उद्देश्य सुरक्षित रक्तदानका लागि जनचेतना जगाउने र जीवन रक्षा गर्ने रहेको छ ।
सन् २०१९ देखि सुरु भएको कोरोना महामारीमा प्लाज्मा थेरापी र अन्य अत्यावश्यक उपचारका लागि रगत अत्यावश्यक भएको छ । कोरोना संक्रमणको जोखिमका बाबजुद पनि रक्तदानले नै लाखौँले नयाँ जीवन पाइरहेका छन् । महामारीपछि रक्तदानको महत्व झन् बढेको छ ।
कोरोना भाइरसको कारण आवश्यक माग अनुसारको रगत प्राप्त नभएको नेपाल रेडक्रस सोसाइटीका सञ्चार निर्देशक दिब्यराज पौडेलले जानकारी दिए । उनले भने, “हामीले आवश्यक परेको जति सबै जनालाई ब्लड उपलब्ध गराएका छौं । जति माग छ, त्यतीको परीपुर्ती गर्ने भने सकेका छैनौं ।”
गत वर्ष देशभरका विभिन्न ठाउँमा सञ्चालन गरिएका ‘रक्तदान शिविर’हरुबाट ७२ हजार युनिट रगत संकलन गरेको उनले जानकारी दिए । उनका अनुसार बिरामीका आफन्त, नातेदार तथा साथीभाइ र क्याम्बाट संकलन गरिएको रगत गरेर तीन लाख ३० हजार युनिट सप्लाइ भएको छ ।
उनले हाल दैनिकी सय युनिट जति ब्लड आवश्यक पर्नेसमेत जानकारी दिएका छन् । तर, विभिन्न ठाउँमा सञ्चालनमा रहेका क्याम्पहरुबाट ६० युनिटमात्रै प्राप्त हुने गरेको छ । बाँकी अभाव हुन गएको रगत बिरामीहरुले नै व्यवस्थापन गर्ने गरेको उनले जानकारी दिए ।
रगतको पनि आयु हुने निर्देशक पौडेलले जानकारी दिए । एक पटक संकलन गरेको ब्लडको म्याद कति समयसम्म हुन्छ भन्ने प्रश्नमा उनले भने, “कसैको ब्लडको आयु छोटो हुन्छ भने कसैको लामो हुन्छ । यसकारण पनि कसैको ब्लड हामीले तीन दिनमा नै प्रयोग गर्नुपर्छ भने कसैको एक वर्षसम्म राखेर प्रयोग गर्न सकिन्छ ।”
यसरी आवश्यकता भन्दा धेरै भएका र म्याद सकिएका रगतहरु धुल्याउने अर्थात डिस्पोज् गर्ने गरेको उनले जानकारी दिए । उनले भने, “उक्त खेर फालिने ब्लडबाट विभिन्न रिर्सच प्रक्रियाको लागी काम लाग्न सक्छ । त्यसकारण म्या सकिएको रगत पिन नष्ट नगरिकन प्रयोगमा ल्याउन सकिने भन्दै नेपाल सरकारसँग आग्रह गरेका छौं ।” यस विषयमा स्वास्थ विभागले अनुसन्धान गरिरहेको उनले जानकारी दिए ।















प्रतिक्रिया