Logo

समाचार

भारतमा ७४ दिनयताकै सबभन्दा कम कोरोना सङ्क्रमित



भारतमा आइतबार ७० हजार ४२१ व्यक्तिमा कोरोना सङ्क्रमण देखा परेको केन्द्रिय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले सोमबार जानकारी दिएको छ । हिजो आइतबार भारतमा ७४ दिनयताकै यो सब भन्दा कम कोरोना सङ्क्रमित फेला परेको हो ।

गत २४ घण्टामा यहाँ कोरोना सङ्क्रमणको कारण ३ हजार ९२१ जनाको मृत्यु भएपछि भारतमा कोरोनाबाट मृत्यु हुने कूूल व्यक्तिको संख्या ३ लाख ७४ हजार ३०५ भएको जनाइएको छ ।   यहाँ हाल कोरोना सङ्क्रमितको कूुल संख्या २ करोड ९५ लाख १० हजार ४१० पुगेको मन्त्रालयले सोमबार जानकारी दिएको छ । 

गत २४ घण्टामा  १ लाख १९ हजार ५०१ जना कोरोना भाइरस सङ्क्रमित मुक्त भएका छन् । यसैसँग २ करोड ८१ लाख ६२ हजार ९४७ जना कोरोना मुक्त भएका बताइएको छ  । भारतमा कोरोना भाइरस सङ्क्रमण मुक्त हुने दर ९५.४३ प्रतिशत रहेको छ । हाल यहाँ ९ लाख ७३ हजार १५८ जना सक्रिय सङ्क्रमित रहेका छन् ।

कोरोना शुरु भएयता हालसम्म यहाँँ ३७ करोड ९६ लाख २४ हजार ६२६ जनाको कोरोना परिक्षण भएको सरकारी स्रोतले जानकारी दिएको छ ।  गत जनवरी १६ बाट भारतमा कोरोना भाइरसविरुद्ध खोप अभियान शुरु भएको थियो । सो समयदेखि हालसम्म भारतमा २५ करोड ३१ लाख ९५ हजार ४८ डोज खोप लगाइएको छ । 

 

प्रकाशित मिति : ३१ जेष्ठ २०७८, सोमबार १४:०८   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।