Logo

स्वास्थ्य

कोरोना अपडेट : ५ हजार १४७ जना निको हुदाँ २ हजार ९१८ संक्रमित थपिए, ५३ जनाको मृत्यु 



नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ९१८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको ९ हजार ४३८ जनाको पीसीआर परीक्षणबाट २ हजार ४९ र  ५ हजार ३८१ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ८६९ जना गरी २ हजार ९१८ जना कोरोना संक्रमित थपिएका हुन् ।

पछिल्लो २४ घण्टामा थप ५३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । सोही अवधिमा देशभरका विभिन्न अस्पतालबाट ५ हजार १४७ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।

प्रकाशित मिति : ३१ जेष्ठ २०७८, सोमबार १६:५९   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।