Logo

स्वास्थ्य

मुला खानुको फाइदा



तरकारी, अचार र सलादमाप्रयोग हुने मुलाको स्वाद कतिपयलाई मन पर्दैन । मुलाको सेवनले मुख दुर्गन्ध हुने र पादआउने भनेर धेरै मानिसले यसलाई हेला पनि गर्छ ।तर मुलाको खाँदा स्वास्थ्यलाई फाइदै फाइदा हुन्छ । यसको पातसमेत तरकारी र गुन्द्रुक बनाएर खाने चलन छ ।

अरु के के छ, मुलाखानुको फाइदा :

१. मुला काँचै वा यसका पातको तरकारी बनाएर खाएमा, पाइल्समा रोगीलाई फाइदा पुग्छ ।
२. मुलाको सेवनले मधुमेह भएकाहरुलाई समेत लाभ हुन्छ।

३. नियमित बिहान उठ्ने बित्तिकै मुला खाएमा जण्डिसमा समेत लाभ मिल्दछ ।

४. मुलामा हुने भिटामिन सी, जिङ्क र फसफोरसले छाला सुख्खा हुनबाट नियन्त्रण गर्दछ ।

५. मुलाको सेवनले राता रक्तकोषलाई मर्नबाट जोगाउँछ र रगतमा अक्सिजनको मात्रा भर्दछ ।
६. मुलाको नियमित सेवनले पित्त रसको उत्पादन बढाउँछ साथै लिभरको सुरक्षा गर्दछ ।
७. मुलामा मुटुलाई प्रभावकारी रुपमा काम गराइ राख्न सहयोग गर्ने एन्थोसाइनस हुन्छ ।

८. भिटामिन सी र फोलिक एसिड पाइने भएकाले मुला मुटुलाई फाइदाजनक हुन्छ ।
९. रगतमा पोटासियमको मात्रा सप्लाइगर्ने भएकाले यसले रक्तचाप सन्तुलित राख्दछ ।
१०. मुलाले पाचन प्रणालीलाई राम्रो बनाउँछ ।

११. मुलाको सेवनले एसिडिटी, ग्यास्ट्रीक, मोटोपनसहितका समस्या समाधान गर्दछ ।
१२. नियमित मुलाको जुस खाने गरेमा छाला स्वस्थ रहन्छ ।

प्रकाशित मिति : आश्विन २०, २०७७ मंगलबार  १२ : ३६ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।