Logo

स्वास्थ्य

काेराेना महामारीले धकेलिएकाे नयाँ शैक्षिक सत्र आजदेखि, भाैतिक उपस्थितिमा पठनपाठन कहिले ?



काेराेना भाइरस महामारीका कारण धकेलिएकाे विद्यालय तहको नयाँ शैक्षिक सत्र आज मंगलबारबाट सुरु हुँदैछ।

नयाँ शैक्षिक सत्र वैशाखदेखि सुरु हुनु पर्ने भए पनि काेराेना महामारीका कारण परीक्षासमेत सञ्चालन हुन सकेका थिएनन्।

अब विद्यार्थीको अन्तिम आन्तरिक मूल्यांकनबाट  पूरा गरी नतिजा प्रकाशन गरिनेछ। नयाँ शैक्षिक सत्र सुरु भएसँगै विद्यार्थीको नयाँ कक्षा प्रवेश, भर्ना तथा वैकल्पिक माध्यमबाट सिकाइ सहजीकरणको बाटो सहज भएको  शिक्षा तथा मानव विकास स्रोत केन्द्रका महानिर्देशक वैकुण्ठ अर्यालले बताए। 

 असार १५ सम्म विद्यार्थी भर्ना गरिसक्न भनिएकाे छ भने विद्यार्थीको हातमा नयाँ पाठ्यपुस्तक उपलब्ध गराउनुपर्ने हुन्छ।

तर भाैतिक उपस्थितिमा पठनपाठन भने हुने छैन। काेराेना संक्रमणकाे जाेखिम टरिनसकेकाे र विज्ञहरुले अबकाे भेरियन्ट बालबालिकालाई झनै जाेखिम रहने बताइरहेका बेला सरकारले भाैतिक रुपमा पठनपाठन सञ्चालन नगरेकाे हाे। मुलुकका धेरैजसाे जिल्लामा वैशाखदेखि नै निषेधाज्ञा छ।

 

प्रकाशित मिति : १ असार २०७८, मंगलवार ०६:२४   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।