Logo

शेयर बजार

स्वरोजगार र जनकपुर लघुवित्तको एकिकृत कारोबार असोज २५ गतेबाट



स्वरोजगार लघुवित्त वित्तीय संस्था र जनकपुर लघुवित्त वित्तीय संस्थाको एकिकृत कारोबार असोज २५ गतेबाट हुने भएको छ । स्वरोजगार र जनकपुर लघुवित्त मर्ज भएसँगै असोज २५ गतेबाट स्वरोजगारको नामबाट एकिकृत कारोबार हुन लागेको हो । 

मर्जरपछि लघुवित्तको चुक्ता पुँजी ३७ करोड ६३ लाख रुपैयाँ पुग्ने छ । हाल स्वरोजगारको ३४ करोड १६ लाख र जनकपुरको ३ करोड ४७ लाख रुपैयाँ छ रहेको छ ।

स्वरोजगारले जनकपुर लघुवित्तलाई १००ः७० अनुपातमा स्वाप गरेको हो ।

प्रकाशित मिति : २० आश्विन २०७७, मंगलबार  १ : ५० बजे