Logo

स्वास्थ्य

कोरोना अपडेट : २ हजार ७४५ जना कोरोना सक्रमित थपिए, ४ हजार १८७ जना निको भए , ४१ जनाको मृत्यु 



पछिल्लो २४ घण्टामा चार हजार १८७ जनाले कोरोना भाइरस (कोभिड-१९) संक्रमण जितेका छन् । त्यसैगरी २४ घण्टामा २७ सय ४५ जनामा संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार ७ हजार ४४९ जनाको पीसीआर र ५ हजार ८४१ जनाको एन्टिजेन परीक्षण गर्दा २४ सय ४५ जनामा संक्रमण पुष्टि भएको हो । 

योसँगै नेपालमा कोरोना संक्रमण पुष्टि हुनेको संख्या पीसीआर विधिबाट ६ लाख १२ हजार २०२ र एन्टिजेन विधिबाट २२ हजार ४०३ पुगेको छ ।

सँगै २४ घण्टामा ४१ जनाको मृत्यु भएको छ योसँगै नेपालमा कोरोनाले मृत्यु हुनेको संख्या आठ हजार ५०६ पुगेको छ । 

प्रकाशित मिति : १ असार २०७८, मंगलवार १७:३०   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।